काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै, विशेष महाधिवेशन पक्षधरले बहिष्कार गर्ने

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेकाले आकस्मिकरुपमा केन्द्रीय बोलाइएको कार्यसमितिको बैठकमा विधान महाधिवेशन पक्षधर सहभागी नहुने भएको हो ।


काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष महाधिवेशन पक्षधर केन्द्रीय सहभागी नहुने भएको छ । कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेकाले आकस्मिकरुपमा केन्द्रीय बोलाइएको कार्यसमितिको बैठकमा विधान महाधिवेशन पक्षधर सहभागी नहुने भएको हो । यसैबीच दुवै पक्षबीच वार्ता पनि अघि बढेको छ । वार्ता समिति बने पनि समय र स्थानबारे अझै अन्योल छ