कैलालीमा चार किलो चरेस र खैरो हेरोइनसहित तीन जना पक्राउ
कैलालीका विभिन्न स्थानबाट चार किलो २४७ ग्राम चरेस, २७ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन, २२८ ट्याबलेट स्पास, २० ट्याबलेट नाइट्रोभेट र १० हजार नगदसहित तीन जना पक्राउ गरिएको हो ।
काठमाडौ । कैलालीमा चार किलो चरेस र खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली तथा लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट चार किलो २४७ ग्राम चरेस, २७ ग्राम ७६० मिलिग्राम लागूऔषध खैरो हेरोइन, २२८ ट्याबलेट स्पास, २० ट्याबलेट नाइट्रोभेट र १० हजार नगदसहित तीन जना पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ बस्ने २८ वर्षीय हरिश बिष्ट, बझाङको केदारस्युँ गाउँपालिका–७ बस्ने ४५ वर्षीय जनक बहादुर धामी र कैलालीको गौरीगंगा नगरपालिका–१ लठैया बस्ने ४६ वर्षीय नन्दलाल उपाध्याय रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको सिंहले बताए ।