माछापुच्छ्र्रे बैंकको क्यूआर मर्चेन्ट लक्षित एमबीएल स्मार्ट कर्जा सेवा
डिजिटल बैंकिङ्गको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी आफ्ना ग्राहकहरूलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्न र क्यु आर मर्चेन्टहरुको वित्तीय आवश्यकतालाइ पुरा गर्न एमबीएल स्मार्ट कर्जा सेवा सञ्चालनमा ल्याएको हो ।
माछापुच्छ्र्रे बैंकले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने उद्धेश्य अनुरुप एमबीएल स्मार्ट लोन सेवा विस्तार गरेको छ । बैंकले यो सेवालाई क्यूआर व्यापारीसम्म पुर्याएको हो । बिभिन्न नेटवर्कमा आबद्ध क्यु आर मर्चेन्टहरुलाई लक्षित गर्दै क्यु आर मर्चेन्ट एमबीएल स्र्माट लोन सेवाको सुरुवात गरेको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा नवीनतम प्रविधि सञ्चालन गरी आफ्ना ग्राहकहरूलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्न र क्यु आर मर्चेन्टहरुको वित्तीय आवश्यकतालाइ पुरा गर्न एमबीएल स्मार्ट कर्जा सेवा सञ्चालनमा ल्याएको हो ।
एमबीएल स्मार्ट कर्जा सेवामार्फत स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिना धितो सहज र सरल तरिकाले एमबीएल एम–स्मार्ट मार्फत नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ ।
स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्र्रे बैंकले हाल देशभर १६५ शाखा, ८८ शाखारहित बैंकिङ्ग सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ । साथै, १९९ एटीएममार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।