दुई लाख ७० हजार नाघ्यो सुनको मूल्य, चाँदीले बनायो नयाँ रेकर्ड
काठमाडौ । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्यले तोलामा २१० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँले बढेर २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला २१० रुपैयाँले बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो र चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको थियो ।