वाणिज्य विभागद्धारा बालकुमारी प्लाष्टिक उद्योगलाई ५० हजार र एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार जरिबाना
विभागले महानगरपालिकाभित्र रहेका ८ वटा व्यावसायिक फर्मलाई ४० माइक्रोनभन्दा कमका प्लाष्टिक झोलाहरू बिक्री नगर्न निर्देशन दिएको छ ।
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फर्मलाई जरिबाना तिराएको छ । विभागले शुक्रबार ललितपुरस्थित बालकुमारी प्लाष्टिक उद्योगलाई ५० हजार रुपैयाँ र चन्द्रागिरीस्थित एटीएल प्रोडक्सन हाउसलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको हो ।
त्यस्तै, विभागले महानगरपालिकाभित्र रहेका ८ वटा व्यावसायिक फर्मलाई ४० माइक्रोनभन्दा कमका प्लाष्टिक झोलाहरू बिक्री नगर्न निर्देशन दिएको छ । अन्य २ फर्मलाई पनि विभागले सामान्य निर्देशन दिएको जनाएको छ ।
विभागले ४० माइक्रोनभन्दा कमका प्लाष्टिकको झोला उत्पादन र बिक्री नगर्न निर्देशन दिएको थियो। नियमित बजार अनुगमन गरी निर्देशनविपरीत गरेको पाइएमा जरिबानासहित कारबाही गरिएको विभागले जानकारी दिएको छ ।