अमेरिका–भेनेजुएला तनावमा संयम अपनाउन परराष्ट्र मन्त्रालयको आग्रह
अमेरिका र भेनेजुएला बिच भइरहेको तनावबारे नेपालले प्रतिक्रिया दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भेनेजुएलामा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको जनाएको हो । साथै नेपालले सबै पक्षलाई संयमित हुन पनि आग्रह गरेको छ । संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा विवाद समाधान गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं । अमेरिका र भेनेजुएला बिच भइरहेको तनावबारे नेपालले प्रतिक्रिया दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भेनेजुएलामा भइरहेका घटनालाई नजिकबाट नियालिरहेको जनाएको हो । साथै नेपालले सबै पक्षलाई संयमित हुन पनि आग्रह गरेको छ ।
संयुक्त राष्ट्र संघको बडापत्रमा समावेश गरिएका राष्ट्रहरूको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्नुपर्नेमा पनि नेपालले जोड दिएको छ । संवाद, कूटनीति तथा आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा विवाद समाधान गर्नुपर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका पुर्याएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ‘सुरक्षित र सही रूपमा सत्ता हस्तान्तरण नभएसम्म अमेरिकाले शासन चलाउने’ घोषणा गरेका थिए ।