राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको सूची सार्वजनिक, १८ पदका लागि ४४ जनाको भिडन्त

उम्मेदवारीमाथि पुस २४ गते उजुरी दिन सकिने छ भने पुस २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिनसक्ने र २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह दिने कार्यक्रम छ ।

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयनको सूची सार्वजनिक गरेको छ ।

सार्वजनिक सूचीअनुसार १८ पदका लागि हुने निर्वाचनका लागि प्रदेशगत रुपमा विभिन्न दलका गरी ४४ उम्मेदवारले आवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

उम्मेदवारीमाथि पुस २४ गते उजुरी दिन सकिने छ भने पुस २५ र २६ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने, २७ गते उम्मेदवारी फिर्ता लिनसक्ने र २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह दिने कार्यक्रम छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।

यस्तो छ उम्मेद्वारहरुको सूची

प्रकाशन भएका दस्तावेजहरू

695e7208b98e0_1767797256.pdf