गैरीगाउँको काठ गोदाममा भीषण आगलागी

आगलागीपछि ठूलो धुवाँको मुस्लो देखिएको छ । गोदाममा लागेको आगो छेउछाउका घरमा पनि सल्किन थालेको र नियन्त्रणको प्रयास भइरहेको छ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल नजिकै आगलागी भएकाले केही जहाजहरू होल्ड भएको बताइएको छ ।

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित एक काठ गोदाममा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो । आगलागीपछि ठूलो धुवाँको मुस्लो देखिएको छ । गोदाममा लागेको आगो छेउछाउका घरमा पनि सल्किन थालेको र नियन्त्रणको प्रयास भइरहेको छ ।

अहिले नेपाल प्रहरी, महानगर प्रहरी लगायतको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल नजिकै आगलागी भएकाले केही जहाजहरू होल्ड भएको बताइएको छ ।