नेप्से ९.९३ अंकले बढ्यो, ७ अर्ब माथिको कारोबार

सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) ९.९३ अंकले बढेर २६४९.३० अंकमा पुगेको छ । बढेको बजारमा १४८ कम्पनिको सेयर मूल्य बढ्दा १०३ को भने घटेको छ। त्यस्तै ८ कम्पनिको सेयर मूल्य भने स्थिर छ ।

काठमाडौ । सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से)  मंगलबार ९.९३ अंकले बढेर २६४९.३० अंकमा पुगेको छ । बढेको बजारमा १४८ कम्पनिको सेयर मूल्य बढ्दा १०३ को भने घटेको छ। त्यस्तै ८ कम्पनिको सेयर मूल्य भने स्थिर छ । 

अघिल्लो दिन ६ अर्ब ४७ करोडको कारोबार भएकोमा आज ७ अर्ब १२ करोडको कारोबार भएको छ । यो रकम एक महिनायताकै उच्च हो । त्यस्तै जीवन विकास लघुवित्तको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार ४५६ रूपैयाँ पुगेको छ। त्यस्तै उच्च मूल्य बढ्नेहरुमा थ्री स्टार हाइड्रोपावर, हिमालयन बैक रहेका छन् । मंगलबार धेरै कारोबार भएका पाँच कम्पनीमा एसवाई प्यानल, बुटवल पावर, शिवम् सिमेन्ट, बन्दीपुर केबुलकार र मञ्जुश्री फाइनान्स छन् ।

घटेको बजारमा सबैभन्दा धेरै रुरु जलविद्युतको ८.४१ प्रतिशत घट्यो । ट्रेड टावरको ६.२६, सान्भी इनर्जीको ५.६१, बन्दीपुर केबुलकारको ५.४२ तथा श्रीनगर एग्रिटेक कम्पनीको ५.१६ प्रतिशत घटेका हुन् ।