राष्ट्र बैंकले निष्कासन गर्यो एक वर्षे अवधिको २५ अर्बको ऋणपत्र, पुग्यो १ खर्ब रुपैयाँ
बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले चौथो पटक २५ अर्ब रुपैयाँको ऋणपत्र विक्री गर्न लागेको हो । यसअघि २०८३ पुस १४ गते र २०८३ पुस १६ गते र २०८३ पुस २० गते सावाँ भुक्तानी गर्ने गरि २५/२५ अर्ब रुपैयाँको ऋणपत्र निस्काशन गरिएको थियो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेको छ ।
केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘घ’ निष्कासन गरेको हो । राष्ट्र बैंकले १ वर्ष अवधिको २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको जनाएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि राष्ट्र बैंकले चौथो पटक २५ अर्ब रुपैयाँको ऋणपत्र विक्री गरेको हो । यसअघि २०८३ पुस १४ गते र २०८३ पुस १६ गते र २०८३ पुस २० गते सावाँ भुक्तानी गर्ने गरि २५/२५ अर्ब रुपैयाँको ऋणपत्र निस्काशन गरिएको थियो ।
ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोल माध्यमबाट तय गरिने जनाइएको छ । ऋणपत्रमा न्युनतम ५ करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ ।
यसको सावाँ २०८३ पुस २२ गते भुक्तानी हुनेछ । ऋणपत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्रै आवेदन दिने सक्नेछन् ।
ऋणपत्रमा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाले त्यसलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।