जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु, ३ घाईते

घटनास्थलबाट ९ जना घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौंडा पठाइए पनि ६ जनाको मृत्यू भएको जनाइएको छ । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो ।

काठमाडौं । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

घटनास्थलबाट ९ जना घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौंडा पठाइए पनि ६ जनाको मृत्यू भएको जनाइएको छ । तर,मृतकहरूको पहिचान खुल्न सकेको छैन । काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना १ ज १७७८ नम्बरको जिप आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना भएको थियो । जिप सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो । यसअघि दुर्घटनामा ६ जना पुरुष, १ जना महिला, १ बालिका र १ जना बालक गरी जिपमा सवार ९ जना नै घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको थियो ।