निर्वाचन आयोगले नियुक्त गर्‍यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत, सूचीमा को-को ?

निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्नेछन् ।

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभाको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

आयोगले पुस २५ गतेदेखि लागू हुने गरी ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

न्याय परिषद्को परामर्शमा जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्नेछन् ।

यस्तो छ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सूची

प्रकाशन भएका दस्तावेजहरू

695a6fdd9ba36_1767534557.pdf