स्रोत नखुलेको १० लाखसहित पर्साबाट ३ जना पक्राउ
पक्राउ परेकाहरुको साथबाट स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ र ना१६प३०२० नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।
काठमाडौं । पर्साबाट १० लाख रुपैयाँभन्दा बडी हुन्डीको रकम सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको प्रसौनी गाउँपालिका-४ देवरवानाका २२ वर्षीय पवनकुमार साह, सोही ठाउँका ३० वर्षीय मुस्ताक अनुसार र १९ वर्षीय रामपुकार पासवान रहेका छन् ।
उनीहरूको साथबाट स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ र ना१६प३०२० नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।
उनीहरू शनिबार पर्साको जगरनाथपुर गाउँपालिका-३ गडैयाटोलबाट पक्राउ परेका हुन् । पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।