एनआईसी एशिया बैंकले हकप्रद सेयर ल्याउने, पुँजी पुग्नेछ २२ अर्ब बढी

एनआईसी एशियाले चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारीमा जुटको हो ।

काठमाडौं । एनआईसी एशिया बैैंकले हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

हकप्रद सेयर निष्कासन गर्न लागेको बैंकले पूर्व सहमतिका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको जनाएको छ । पुँजीकोषका कारण तत्काल लगानी बढाउन गाह्रो हुने देखिएपछि लगानी वातावरण सहज बनाउन बैंकले पुँजी बढाउने तयारी गरेको हो । 

आज बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँको २ः१ अनुपातमा ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँको ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पूर्व सहमतिका लागि राष्ट्र बैंक समक्ष अनुरोध गरेको जनाएको छ ।

राष्ट्र बैंकले सहमति दिए पछि आगामी साधारणसभामा स्वीकृतिका लागि पेश गरिने छ । साधारणसभाले पारित गरेपछि अनुमितका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइने छ । बोर्डले पनि अनुमति दिएपछि बल्ल लगानीकर्ताले हकप्रद सेयर भर्न पाउँछन् ।