भेनेजुएला अमेरिकाले चलाउने र तेल भण्डारण नियन्त्रणमा लिने अमेरिकी राष्ट्रपतिको उद्घोष

अमेरिकाले भेनेजुएला चलाउने घोषणा गरेको छ । भेनेजुएलाको ठूलो तेल भण्डार नियन्त्रणमा लिएर त्यहाँको पूर्वाधार विकासमा लगानी गर्ने अमेरिकी कम्पनीहरुलाई प्रोत्साहित गरिने र संक्रमणकालीन अवस्थासम्म भेनेजुएलामा अमेरिकी शासन रहने छ ।

तस्बिर बिबिसी

काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरेर‍ राष्ट्रपति निकोलस मादुरोलाई न्यूयोर्क पुर्याएको छ ।

अमेरिकाले शनिबार बिहानै राजधानी काराकाससहित विभिन्न स्थानमा आक्रमण गरेयता मादुरो बेपत्ता थिए । यद्यपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर सार्वजनिक गर्दै मादुरो अमेरिकी नौसैनिक जहाजमा सवार रहेको दाबी गरेका थिए ।

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले मादुरो र उनकी श्रीमती सिलिया फ्लोरस्लाई तत्काल रिहा गर्न माग गरेकी छन् । उनले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै मादुरो र फ्लोरसलाई अमेरिकाले ‘अपहरण गरेको बताएकी छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पले भने अब अमेरिकाले भेनेजुएला चलाउने घोषणा गर्दै भेनेजुएलाको ठूलो तेल भण्डार नियन्त्रणमा लिएर त्यहाँको पूर्वाधार विकासमा लगानी गर्ने बताएका छन् । नेजुएलाको तेल उद्योगमा अमेरिकी कम्पनीले लगानी गर्न प्रोत्साहित गर्ने बताएका राष्ट्रपति ट्रम्पले संक्रमणकालीन अवस्थासम्म भेनेजुएलामा अमेरिकी शासन रहने बताए ।

यद्यपी अहिले विश्वभर अमेरिकी कदमको विरोध भइरहे को छ । तर, अमेरिकाको सहयोगीहरु अर्जेन्टिना, पानामा जस्ता देशले भने समर्थन गरिरहेका छन् । पछिल्लो ट्रम्पको उद्घोषसँगै अमेरिकामा नै मादुरोलाई पक्राउ गरिएकोमा विरोध सुरु भएको छ । यो आक्रमण कुनै पनि ‘नार्कोटिक्स’ सँगै सम्बन्धित नभएको भन्दै रिपब्लकनहरुले विरोध गरिरहेका छन् ।