चन्द्रगढी विमानस्थलमा बुध्द एयरको जहाज चिप्लियो, यात्रु सकुसल
काठमाडौं । झापाको चन्द्रगढी विमानस्थलमा बुध्द एयरको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट गएको जहाज चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार जहाज ल्यान्ड गर्ने क्रममा चिप्लिएर घाँसे मैदानतर्फ मोडिएको थियो ।
यद्यपि विमानमा सवार सबै यात्रु सकुसल रहेको जनाइएको छ । विमान रनवेको पिच क्षेत्रभन्दा बाहिर गएको र घाँसे मैदानमा पुगेको र सबै यात्रुलाई सकुसल बाहिर ल्याइएको छ ।
९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ५१ जना यात्रु सवार थिए ।