समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक र सर्वसाधारणको सेयर घटाईंदै, कसको कति घट्छ ?
राष्ट्र बैंकले संस्थापकको २१ हजार ३६० कित्ता र सर्वसाधारणको १२६ कित्ता कायम गर्ने छ । दुवै समूहको गरेर अब २१ हजार ४८६ कित्ता कायम हुनेछ ।
काठमाडौं । नेपाल राष्ट्र बैंक समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरूको सेयरपुँजी घटाउने भएको छ ।
राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समुहले संस्थापक सेयरधनी २५ र साधारण तर्फका १० जनाको सेयरपुँजी घटाउने भएको छ ।
हाल संस्थापकको २१ लाख ३६ हजार ६० कित्ता र सर्वसाधारण सेयरधनीको १२ हजार ६८४ कित्ता सेयर छ । दुवै गरी २१ लाख ४८ हजार ७४४ कित्ता छ । राष्ट्र बैंकले संस्थापकको २१ हजार ३६० कित्ता र सर्वसाधारणको १२६ कित्ता कायम गर्ने छ । दुवै समूहको गरेर अब २१ हजार ४८६ कित्ता कायम हुनेछ ।
दायित्व सम्पत्तिले नखाम्ने देखिएको २५ जना सेयरधनीहरुबाट चुक्ता हुनुपर्ने सेयरपुँजी वापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएको छ । संस्थाको पुनर्संरचना गर्ने क्रममा ३५ जना सेयरधनीको सेयरपुँजी राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ङ को उपदफा (१) को खण्ड (च) तथा खण्ड (ज) र दफा ८६ ज बमोजिम घटाई १ (एक) प्रतिशत कायम गरिएको जनाइएको छ ।