एक वर्षमा साढे ११ लाख पर्यटक भित्रिए, कोभिडपछिको आगमनमा ९७ प्रतिशतको सुधार
काठमाडौं । नेपालमा पर्यटन आगमन सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ पुगेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांक अनुसार नेपालमा सन् २०२५ मा आएका पर्यटक गत वर्ष सन् २०२४ को तुलनामा १० हजार ९११ जनाले बढेको छ ।
तथ्यांकअनुसार कोभिड–१९ पछि यो संख्या ९७ प्रतिशतले रिकभर भएको हो । कोभिड–१९ अघि अर्थात सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक आएका थिए। गत वर्ष (२०२४) मा ११ लाख ४७ हजार २४ जना पर्यटक भित्रिएका थिए। पर्यटन बोर्डका अनुसार २०२५ को डिसेम्बरमा ९८ हजार १९० जना विदेशी पर्यटक नेपाल आएका छन् ।
नेपालको यो पर्यटक आगमनमा सन् २०१९ पछिको महामारीपछि ९७ प्रतिशतले रिकभरी भएको पनि उल्लेख छ ।
सन् २०२५ मा नेपाल आएका पर्यटक सबैभदा बढी मार्चमा आएका छन् । डिम्बरमा नेपालमा ९८ हजार १९० पर्यटक आएका छन् । यस्तो आगमन गत वर्ष २०२४ मा ९२ हजार ३४ थियो ।
सन् २०२५ मा नेपाल भित्रिएका पर्यटकमा सबैभन्दा बढी आउने १० मुलुकमा भारतबाट २ लाख ९२ हजार, अमेरिबाट १ लाख १२ हजार, चीनबाट ९५ हजार, बेलायतबाट ५८ हजार, बंगलादेशबाट ५७ हजार, अस्टेलियाबाट ४९ हजार आएका छन । यस्तै श्रीलंकाबाट ३७ हजार, थाइल्याण्डबाट ३० हजार, जर्मनबिाट ३० हजार र जापानबाट २४ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
थप तस्बिरहरू