जेनजी आन्दोलनले २ वर्षभन्दा बढीको बजेट क्षति भयो, कानुन मिच्नेलाई छोडे सबैको मनोबल घटछः पुर्वअर्थमन्त्री महत

जेनजी आन्दोलनको नाममा कानुन मिच्नेलाई कानुनको कठघरामा ल्याउनुपर्छ । कानुन मिच्नेलाई छोडे निजी क्षेत्र, सबैको मनोबल घट्छ । अहिले निजी क्षेत्रले उठाएको माग सबै जायज छ । जेनजी आन्दोलनको नाममा गलत गर्नेको प्रमाण भएको र सरकार कारबाही गर्न डराउनु हुँदैन ।

काठमाडौ । पूर्व अर्थमन्त्री प्रकाश शरण महतले जेनजी आन्दोलनमा लुटपाट, आगजनी हुनु निकै गलत भएको बताएका छन् । यस्तो प्रवृत्ति रोकिनु पर्ने, कानुनी शासन सबैले मान्नुपर्ने बताए ।

जेनजी आन्दोलनको नाममा २ आर्थिक वर्षको बजेट बराबर क्षति भएको दाबी गरे । यस्तै आन्दोलन श्रीलङ्का, बंगलादेशमा पनि भएको र यस्तो क्षति नभएको उल्लेख गरे ।

नेपालमा सामाजिक सञ्जालको कारण अपेक्षा बढ्दै गएको बताए । यसले कुनै सरकारलाई पनि वातावरण सहज नभएको बताए । अब जुनसुकै सरकारमा बस्नेले जति काम गर्ने हो ईमान्दार भएर काम गर्नुपर्ने सुझाव दिए ।

निजी क्षेत्र, राजनीति दल, नागरिक समाज बसेर के गर्न सकिन्छ, के सकिँदैन भनेर निर्क्योल निकाल्नु पर्ने बताए । जेनजी आन्दोलनको नाममा कानुन मिच्नेलाई कानुनको कठघरामा ल्याउन सरकारलाई सुझाव दिए । कानुन मिच्नेलाई छोडे निजी क्षेत्र, सबैको मनोबल घटने बताए । अहिले निजी क्षेत्रले उठाएको माग सबै जायज भएको बताए । जेनजी आन्दोलनको नाममा गलत गर्नेको प्रमाण भएको र सरकारले कारबाही गर्न डराउन नहुने बताए ।