पूर्वप्रधानमन्त्री भट्टराईको प्रश्न: सम्पत्तिमा कलम र मोबाइल देखाउने, आलिसान महल र चिल्ला गाडी चढ्ने पैसा कहाँबाट आउँछ ?

६ महिना, वर्ष दिन, २ वर्षमा सरकार परिवर्तन गरेर देश बन्दैन । वैदेशिक लगानी नभएसम्म पनि देश बन्दैन । श्रमिक विदेश पठाउनुको सट्टा पुँजि र प्रविधि भित्र्याउनु पर्छ ।

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीति दलले सम्पत्ति नदेखाउने, देखाए पनि कलम, मोबाइल देखाउने, आलिसान महलमा बस्ने चिल्ला गाडी चढ्ने पैसा कहाँबाट आयो भन्दै प्रश्न गरे ।

शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य शीर्षकमा उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले भूमि,सम्पत्ति र बैकिङ क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको धारणा राखे । यसले पूर्वाधार क्षेत्रमा लगानी बढ्ने उल्लेख गरे । बैकिङ क्षेत्रमा धेरै अधिक तरलता रहेको र त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाव दिए । सहकारीको समस्या एकै झडकामा समस्या समाधान गर्न समेत सुुझाव दिए । निजी क्षेत्रलाई साथ दिनुको बिकल्प नरहेको बताएकाछन् । उनले आंधोगिक क्षेत्र ५ दशकदेखि १० देखि १५ प्रतिशत मात्रै खपत भएको बताए । उद्योगलाई ४० प्रतिशत, सेवाको ५० प्रतिशत भयो भने अर्थतन्त्र सुध्रने बताए ।

६ महिना, २ वर्षमा सरकार परिवर्तन गरेर देश नबन्ने उनको धारणा छ । उनले वैदेशिक लगानी नभएसम्म देश नबन्ने बताए । उनले लेबर पठाउने सट्टा पुँजि र प्रविधि भित्र्याउनु पर्ने धारणा राखे ।

एलन मस्कले तीन देशको नागरिकता लिएर राष्ट्रपतिको सल्लाहकार हुने डिभी परेको भरमा नेपाली हैन नागरिकता दिन्न भन्न नहुने धारणा राखे । यही सरकारले निर्धारित मितिमै चुनाव सम्पन्न गर्नुपर्ने भन्दै डा. भट्टराईले अगाडी भने, ‘चुनाव हुँदैन, तयारी पुगेको छैन जस्ता कुरा गरेर अब हुँदैन । यो सरकारले २१ फागुनमा चुनाव गराउन सक्छ, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा तोकिएको समयमै चुनाव हुनुपर्छ । अन्यथा सोच्नु हुँदैन । यही नेतृत्व सक्षम छ ।’