न्यूनतम मूल्य ४०० राखेर नेपाल लाइफ इन्स्योरेन्सको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण (२ लाख कित्ता) सेयरका लागि आवेदन दिनु पर्नेछ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । 

कम्पनीको २ लाख कित्ता संस्थापक सेयर लिलाम बढाबढ प्रक्रिया मार्फत् सबैले खरिद गर्न पाउने गरी बिक्रीमा राखिएको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँका दरले सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण (२ लाख कित्ता) सेयरका लागि आवेदन दिनु पर्नेछ।

बोलपत्र आज पुस १६ गतेदेखि पुस २३ गतेभित्र काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेश गर्नु पर्नेछ । यो बोलपत्र पुस २४ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ ।