पर्साको वीरगन्जस्थित नेशनल मनी चेन्जर कम्पनीको लाइसेन्स खारेज
राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै नेशनल मनी चेन्जर कम्पनीले भारतीय रुपैयाँ कारोबार गर्ने कार्य नगरेको पाइएपछि लाइसेन्स खारेज भएको जानकारी दिएको हो ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेशनल मनी चेन्जर वीरगन्ज पर्सा प्रालिको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै उक्त कम्पनीको लाइसेन्स खारेज भएको जानकारी दिएको हो ।
सूचनामा उल्लेख भए अनुसार, नेपाल राष्ट्र बैंकको मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन) को नियम ३ मा उल्लिखित व्यवस्थाविपरीत, सो संस्थाले भारतीय रुपैयाँ कारोबार गर्ने कार्य नगरेको पाइएपछि इजाजतपत्र रद्द गरिएको हो।