सनराइज बैंकको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित
साधारणसभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
काठमाडौं । लक्ष्मी सनराइज बैंकको पच्चिसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ३७१ अर्ब निक्षेप र २८७ अर्ब रुपैयाँ कर्जा पु¥याएको लक्ष्मी सनराइज बैंकको वासलातको आकार ४४३ अर्ब रुपैयाँ छ ।