ट्रकमा २५ करोड ओसार–पसार गराउने नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

नारायण पौडेल र यसका भरिया तथा ट्रक चालक कुसाङ लामाविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

काठमाडौं । गत चैत ४ गते टोखाबाट ट्रकमा २५ करोडभन्दा बढी रकम ओसार–पसार गराउने नारायण पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

पौडेल र यसका भरिया तथा ट्रक चालक कुसाङ लामाविरुद्ध २५ करोड रुपैयाँ भन्दा बढीको मागदाबी गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो । उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधीवक्ता सन्तोषराज कटुवालले आइतबार काठमाडौं जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेका हुन् ।