सुन र चाँदीको मूल्य बढ्ने क्रम रोकिएन, सुन पुग्यो प्रतितोला २ लाख ७० हजार ६००

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्यले फेरी नयाँ नयाँ रेकर्ड बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेर २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि शुक्रबार पनि सुन तोलामा १ हजार ८ सय रुपैयाँ बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार सुन तोलाको २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।