प्रधानमन्त्री बालेन, पार्टी सभापति रवि, यी हुन् रवि–बालेन सम्झौताका सात बुँदा

दुवैले सहमतिपत्रमा हस्ताक्षर गर्दै लामिेछानेले पार्टी चलाउने र प्रधानमन्त्री साह बन्ने सहमति गरेका छन् । पटक पटकको छलफलपछि साह र लामिछानेबीच मिलेर जाने ७ बुँदे सहमतिपत्रमा आइतबार विहान सम्झौता भएको छ ।

काठमाडौं । अन्ततः प्रधानमन्त्री पदका लागि काठमाडौं महानगरपालिका (कामनपा) का प्रमुख बालेन्द्र साह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन् ।आइतबार विहान आगामी निर्वाचनमा रास्वपाले बहुमत ल्याएको खण्डमा साह प्रधानमन्त्ती हुने गरि दुई पक्षबीच सहमति भएको छ । 

यससम्वस्न्ध सम्झौतापत्रमा रास्वपाका सभापति रवि लामिछाने र कामनपा प्रमुख साह बीच आसन्न प्रतिनिधिसभा निर्वाचनमा मिलेर जाने सहमति भएको छ । दुवैले सहमतिपत्रमा हस्ताक्षर गर्दै लामिेछानेले पार्टी चलाउने र प्रधानमन्त्री साह बन्ने सहमति गरेका छन् । पटक पटकको छलफलपछि साह र लामिछानेबीच मिलेर जाने ७ बुँदे सहमतिपत्रमा आइतबार विहान सम्झौता भएको छ । 

सहमतिपछि साहको समर्थन रहेको देश विकास पार्टी रास्वपामा बिलय हुनेछ । बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने र दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रंगको गोलाकार बीचमा निलो रंगको घण्टीको आकृति हुने तय भएको छ । त्यस्तै, दलको चुनाव चिह्न पनि रास्वपाको घण्टी नै रहने छ । केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने दुवैबीच सहमति भएको छ ।

पार्टीको केन्द्रीय सभापति लामिछाने नै रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने दुवैजनाबीच सहमति भएको छ। आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । 

एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने भनिएको छ । साथै त्यस्तै, आमनिर्वाचन लगत्तै सम्झौता बमोजिम रास्वपा सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने भनिएको छ ।

यस्तो छ, दुबैपक्षबीच भएको सम्झौता