ओमोडा-जेकोका ब्रान्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पौडेल नियुक्त, ऐरीलाई सम्मान
रोहितले प्राप्त गरेको जेको जे ५ प्रिमियम इलेक्ट्रिक एसयूभीमा ४६१ किलोमिटर ड्राइभिङ रेन्ज, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, १५५ किलोवाट मोटर पावर, ४८८ लिटर बुट स्पेस र अत्याधुनिक स्मार्ट ककपिट जस्ता विशेषता रहेका छन् ।
काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीहरूको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर बनाएको छ ।
शुक्रबार एक कार्यक्रमका बीच जेको जे ५ इलेक्ट्रिक एसयूभी हस्तान्तरण गर्दै एसपीजी अटोमोबाइल्सले नयाँ ब्रान्ड एम्बेसडरका रुपमा पौडेललाई चिनाउँदै पुराना ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट स्टार दिपेन्द्र सिंह ऐरीलाई गर्यो ।
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पौडेलको नेतृत्वमा लुम्बिनी लायन्सले च्याम्पियनसिप जितेको थियो । प्रतियोगिताभरको उत्कृष्ट प्रदर्शनका आधारमा रोहित ‘इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका थिए ।
एनपीएलमा प्राप्त उपलब्धिको कदरस्वरूप एसपीजी अटोमोबाइल्सले रोहितलाई अत्याधुनिक जेको जे ५ इलेक्ट्रिक एसयूभी उपहार मात्रै दिएको छैन खेलाडीलाई कुनै आर्थिक भार नपरोस भनेर जेको जे ५ गाडीमा लाग्ने सम्पूर्ण विन्डफल कर कम्पनी आफैंले बेहोर्ने घोषणा गरेको छ ।
एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारदाले पौडेलको नेतृत्व क्षमता, ऊर्जा र नवीन सोच ओमोडा–जेको ब्रान्डको मूल्यसँग मेल खाने बताए ।
रोहितले प्राप्त गरेको जेको जे ५ प्रिमियम इलेक्ट्रिक एसयूभीमा ४६१ किलोमिटर ड्राइभिङ रेन्ज, १८५ एमएम ग्राउन्ड क्लियरेन्स, १५५ किलोवाट मोटर पावर, ४८८ लिटर बुट स्पेस र अत्याधुनिक स्मार्ट ककपिट जस्ता विशेषता रहेका छन् ।
एसपीजी अटोमोबाइल्स नेपालमा ओमोडा, जेको र इकाउर ब्रान्डको आधिकारिक बिक्रेता हो । कम्पनीले दिगो तथा वातावरणमैत्री सवारी साधनमार्फत हरित ऊर्जा प्रवर्द्धनसँगै नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान दिँदै आएको छ । क्रिकेट खेलाडीको सम्मानले नेपाली क्रिकेटप्रतिको कम्पनीको प्रतिबद्धता अझ सशक्त बनेको निर्देशक शारदाले बताए ।