सुन–चाँदीको मूल्यले फेरी समायो नयाँ उचाई, सुन तोलामा १८ सय र १६५ रुपैयाँ बढ्यो
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्य बिचबिचमा सामान्य घटेको भएपनि निरन्तर बढीरहेको छ ।
आज पनि सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार कायम सुन र चाँदीको मूल्य हालसम्मकै उच्च हो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएपनि शुक्रबार फेरी बढेको हो ।
आज शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ । विहीबार प्रतितोला सुन दुई लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी शुक्रबार प्रतितोला चार हजार ५८५ रुपैयाँमा कारोबार भएको छ । जवकी विहीबार चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँ थियो ।
अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय
बजारमा आज एक औँस सुन चार हजार ५०० र चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।