एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल
उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा महत्त्वपूर्ण उपलब्धी हासिल गर्दै बैंकले सफलताको उचाइ लिने विश्वास गरिएको छ ।
काठमाडौं । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल चयन भएका छन् । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई बुधबारदेखि लागू हुनेगरी अध्यक्ष चयन गरेको हो ।
नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवालले राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिए ।
अध्यक्ष अग्रवालको नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव छ । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा महत्त्वपूर्ण उपलब्धी हासिल गर्दै बैंकले सफलताको उचाइ लिने विश्वास गरिएको छ ।
यसअघि अध्यक्ष तुलसीराम अग्रवालले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा बैंकको सञ्चालक समितिले पुस ६ गते स्वीकृत गरेको थियो ।