होटल पार्क ल्याण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

विगत १८ वर्ष देखि कारोबार संचालन गर्दै आइरहेको चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा रहेको होटल पार्क ल्याण्डमा हाल ३२ कोठाहरु रहेका छन् । छिट्टै नै क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा बनाइ चार तारे होटलमा परिणत गर्ने लक्ष होटलको छ ।

काठमाडौं । होटल पार्क ल्याण्डले प्रारम्भिक सार्वजनिक प्रस्ताव अर्थात् साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रवन्धकको काम गर्न सिटिजन्स क्यापिटललाई अख्तियारी दिएको छ । विक्री प्रवन्धक नियुक्ती सम्वन्धि सम्झौतापत्रमा होटल पार्क ल्याण्डका अध्यक्ष शरद कुमार पाण्डे र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

विगत १८ वर्ष देखि कारोबार संचालन गर्दै आइरहेको चितवनको सौराहमा ३२ कट्ठा क्षेत्रफलमा रहेको होटल पार्क ल्याण्डमा हाल ३२ कोठाहरु रहेका छन् ।

होटल सौराहा गैडाचोक देखि ३५० मिटरको दुरीमा छ । छिट्टै नै क्षमता बृद्धि गरी ४४ कट्ठा क्षेत्रफलमा १०५ कोठा बनाइ चार तारे होटलमा परिणत गर्ने लक्ष होटलको छ ।