कुलमानले सार्वजनिक गरे तीन वटा मन्त्रालयमा १०० दिनमा गरेका १०१ काम, यस्तो छ सूची

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा घिसिङले गत भदौ ३० गते तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका थिए । बुधबार घिसिङले तीन मन्त्रालयमार्फत १०० दिनमा गरेका गरेका प्रमुख १०१ काम सार्वजनिक गरेका हुन् ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले एक सय दिनको उपलब्धि तथा प्रगति र आगामी दिनका कार्ययोजना सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री घिसिङले बञ्चरेडाँडामा फोहोर विसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गरेको, मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाएको, तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरिएको, डेडिकेटेड र ट्रंक लाइनको बक्यौताको पहिलो किस्ता असुली  गरिएको र मनसुनले क्षतिग्रस्त वीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाउन भूमिका खेलेको दावी गरेका छन् ।

त्यस्तै, आफ्नो प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्वमा जल तथा मौसम विज्ञान विभागमार्फत मौसम तथा बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी जोखिम पूर्वानुमान सूचना प्रभावकारी रुपमा समयमै सम्प्रेषण गर्नेे काम गरेका कारण जनजीवनमा कम क्षति पुगेको पनि दावी गरेका छन् ।

जेनजी आन्दोलनपछि गठन भएको सरकारमा घिसिङले गत भदौ ३० गते तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका थिए । बुधबार घिसिङले तीन मन्त्रालयमार्फत १०० दिनमा गरेका  गरेका प्रमुख १०१ काम सार्वजनिक गरेका हुन् ।

‘बञ्चरेडाँडामा फोहोर बिसर्जन रोकिँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गरियो । मेलम्चीको पानी काठमाडौं ल्याउन भएको अवरोध हटाइयो । तातोपानी–कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरियो र मनसुनले क्षति पुर्याएको बिपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याई जनजीवन सहज बनाइयो,’ घिसिङले भने ।

जेनजीको भावना अनुसार सुशासन र नतिजालाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको बताएका घिसिङले मैले मन्त्रीको हैसियतमा नभएर जनताको विश्वास बोकेको एक सेवकका रूपमा जिम्मेवारी निर्वाह गर्ने प्रयास गरेको दाबी गरे । ‘सय दिन समयका हिसाबले छोटो भए पनि जिम्मेवारीका हिसाबले अत्यन्त गह्रौँ छन् । आलोचनाबाट नडराई, दबाबमा नझुकी र गलतसँग सम्झौता नगरी आफ्नो कर्तव्य पूरा गरिरहेको छु । जेनजी आन्दोलनको सुशासनसम्बन्धी मुख्य मागलाई मैले सम्हालेका मन्त्रालयमा दृढताका साथ लागू गरिएको छ । भाषणभन्दा काम र देखिने नतिजालाई प्राथमिकता दिइएको छ’, घिसिङले भने ।

प्रकाशन भएका दस्तावेजहरू

694baf571a02a_1766567767.pdf