अनौपचारिक र स्वरोजगार श्रमिक सामाजिक सुरक्षाको दायरामा नआएपछि अभियान सुरु
कोषमा अहिलेसम्म २६ लाख ९९ हजार श्रमिक आवद्ध भएकामा तीमध्ये अनौपचारिक क्षेत्रका जम्मा ८०९ र स्वरोजगारतर्फ ६६० जना छन् ।
काठमाडौं । सामाजिक सुरक्षा कोषले अनौपचारिक र स्वरोजगार श्रमिकहरुको सामाजिक सुरक्षा अभियान सुरु गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले बुधबार काठमाडौंमा एक समारोहबीच अभियानको शुभारम्भ गरे। कोषले अनौपचारिक र स्वरोजगार श्रमिक अपेक्षित रुपमा सामाजिक सुरक्षाको दायरामा नआएपछि उनीहरुलाई समेट्न अभियान सुरु गरेको हो ।
कोषमा अहिलेसम्म २६ लाख ९९ हजार श्रमिक आवद्ध भएकामा तीमध्ये अनौपचारिक क्षेत्रका जम्मा ८०९ र स्वरोजगारतर्फ ६६० जना छन् ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का नेपाल निर्देशक नुमान ओज्कानले अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भए त्यसले उनीहरुलाई गरिबीको रेखामुनि जानबाट रोक्ने बताए । उनले अनौपचारिक श्रेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गर्नका लागि सहयोग गर्न आईएलओ तयार रहेको बताए ।