साधारणसभा गर्न कुनै रोकावट नभएको र तोकिएकै मितिमा हुने नाडाको प्रस्टोक्ति
नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको भन्दै नाडाले निराधार हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले पुस ९ गतेका लागि तय भएको साधारणसभा विधान तथा कानुनी प्रावधान अनुसार हुने जनाएको छ ।
साधारणसभाबारे सञ्चार माध्यमहरूमा आएका विषयवस्तुमा ध्यानाकर्षण भएको जनाउँदै नाडाले विज्ञप्ति जारी गर्दै निराधार हल्लाका पछि नलाग्न आग्रह गरेको हो ।
नाडा लोकतान्त्रिक परम्परा, पारदर्शी नेतृत्व हस्तान्तरण र संस्थागत स्थायित्वप्रति पूर्ण प्रतिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ । साधारणसभामा सक्रिय सहभागिताका लागि नाडाले सबै सदस्यहरूलाई आग्रह पनि गरेको छ ।