अप्पर हेवाखोला हाइड्रोपावरको १५ प्रतिशत बोनस सेयर
पुस ७ गते बसेको अप्पर हेवाखोलाको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
काठमाडौं । अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांश विद्युत नियमन आयोगबाट स्वकिृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ।