सपोर्ट लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
पुस ६ गते बसेको लघुवित्त सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
पुस ६ गते बसेको लघुवित्त सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनश सेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । त्यसका लागि लघुवित्तले १ करोड २२ लाख ४४ हजार ३४४ रुपैयाँ बराबर खर्चने छ ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ ।