धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई दियो आईपीओ निष्काशन अनुमति, ३१ लाख कित्ता विक्री गर्ने
धितोपत्र बोर्डले आइतबार १ सय रुपैयाँ अंकित मूल्यका ३१ लाख कित्ता सेयर निष्काशन गर्न खुदी हाइड्रोपावरलाई अनुमति दिएको हो । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन अनुमति दिएको छ ।
बोर्डले आइतबार १ सय रुपैयाँ अंकित मूल्यका ३१ लाख कित्ता सेयर निष्काशन गर्न खुदी हाइड्रोपावरलाई अनुमति दिएको हो । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले जारी पुँजीको २० प्रतिशत सेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ ।