एनआइसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको राजीनामा
अग्रवाल २०७८ चैत २१ गते अध्यक्ष बनेका थिए । व्यावसायिक घराना विशाल समूहको नेतृत्व गर्दै आएका अग्रवाल बैंकको सञ्चालक समितिमा प्रभावशाली मानिन्थे ।
काठमाडौं । एनआइसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् ।
अग्रवालले व्यक्त्तिगत कारण देखाएर अध्यक्षबाट राजीनामा दिएका हुन् । अग्रवालको राजीनामा आइतबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरिसकेको छ । अग्रवाल २०७८ चैत २१ गते अध्यक्ष बनेका थिए । व्यावसायिक घराना विशाल समूहको नेतृत्व गर्दै आएका अग्रवाल बैंकको सञ्चालक समितिमा प्रभावशाली मानिन्थे ।
बैंकको रणनीतिक दिशा, नीतिगत निर्णयहरू र दीर्घकालीन लक्ष्यहरू निर्धारण गर्ने भूमिकामा अग्रवालले काम गर्दै आएका थिए । सञ्चालक समितिमा त्रिलोकचन्द अग्रवाल, रामचन्द्र संघई, केशवप्रसाद लम्साल, गणेशमान श्रेष्ठ र आदित्यकुमार अग्रवाल छन् ।