प्राइम कमर्सियल बैंकद्धारा लगानीकर्तालाई ८.४२ प्रतिशत प्रतिफल दिने घोषणा

आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । त्यसमध्ये ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांस छुट्याइएको छ ।

काठमाडौं । प्राइम कमर्सियल बैंकको लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । त्यसमध्ये ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांस छुट्याइएको छ ।

घोषित प्रतिफल नेपाल राष्ट्र बैंकको स्वीकृति र प्राइम कमर्सियलको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् । बैंकको हाल चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ पुँजी छ।

प्राइम कमर्सियलले आर्थिक वर्ष २०८०/८१ मा ५ प्रतिशत नगद लाभांश दिएको थियो ।