सुनको मूल्य फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीकाे मूल्यमा आज पनि नयाँ रेकर्ड

विहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

काठमाडौं । बिहीबार, सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा २५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा सुन प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत सोमबार सुन हालसम्मकै उच्च प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ बढेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।