इलेक्ट्रिक भेपसहित दुई व्यापारी पक्राउ

तानसेन नगरपालिका–४, सिल्खानटोलका ३१ वर्षीय राजा सोनी र ५२ वर्षीय अलिम मियालाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौँ । पाल्पा प्रहरीले तानसेनबाट ५८ थान भेप (इलेक्ट्रिक चुरोट) सहित दुई व्यापारीलाई नियन्त्रणमा लिएको छ ।

तानसेन नगरपालिका–४, सिल्खानटोलका ३१ वर्षीय राजा सोनी र ५२ वर्षीय अलिम मियालाई नियन्त्रणमा लिइएको हो ।

सोनीले सञ्चालन गरेको रास्ता हाउस र मियाले सञ्चालन गरेको अलिम स्टोर्समा रितपूर्वक खानतलासी गर्दा भेप बरामद भएको प्रहरीले जनाएको छ । रास्ता हाउसबाट २६ थान र अलिम स्टोर्स कस्मेटिक हाउसबाट ३२ थान भेप बरामद भएको छ ।