सोल्टी होटलको ३१.५७ प्रतिशत लाभांश पारित, ९ सदस्यीय सञ्चालक समिति चयन
संस्थागत सेयरधनी सोल्टी इन्टरप्राइजेज प्राइभेटका तर्फबाट दिनेशबहादुर विष्ट, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह तथा नेपाल वायुसेवा निगमका तर्फबाट अमृतमान श्रेष्ठ सञ्चालक छानिएका छन् ।
काठमाडौं । सोल्टी होटलको ५१औं वार्षिक साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको ३१.५७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
होटलको आइतबार सम्पन्न साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको १६.५७ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण समावेश एकीकृत आर्थिक विवरण र चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि जेबी राजभण्डारी एण्ड डिविन्स, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साधारणसभाले संस्थागत सेयरधनीमध्येबाट ५ जना र सर्वसाधारण सेयरधनीमध्येबाट ३ जना सञ्चालक पनि चयन गरेको छ । संस्थागत सेयरधनी सोल्टी इन्टरप्राइजेज प्राइभेटका तर्फबाट दिनेशबहादुर विष्ट, रविभक्त श्रेष्ठ, राजेशकाजी श्रेष्ठ र जया राज्यलक्ष्मी शाह तथा नेपाल वायुसेवा निगमका तर्फबाट अमृतमान श्रेष्ठ सञ्चालक छानिएका छन् । सर्वसाधारण सेयरधनीका तर्फबाट प्रकाश विक्रम खत्री, शशीराज पाण्डे र श्री निरञ्जन कुमार टिवरेवाला सञ्चालक बनेका छन् ।
साधारणसभाले डा. माधव गिरीलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ । नवगठित सञ्चालक समितिले विष्टलाई कार्यकारी अध्यक्ष चयन गरेको छ ।