सुन झन् महङ्गिएर भयो हालसम्मकै उच्च, नाघ्यो तोलाकै २ लाख ६० हजार

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । यसअघि असोज ३१ गतेको रेकर्ड मूल्य हिजो आइतबार मात्रै तोडिएको थियो ।

काठमाडौं । सोमबार सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको छ । आइतबार पनि सुन तोलामै २ हजार २ सय रुपैयाँ बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । महासंघका अनुसार सुनको मूल्य हालसम्मकै उच्च हो । यसअघि असोज ३१ गतेको रेकर्ड मूल्य हिजो आइतबार मात्रै तोडिएको थियो । हिजो आइतबार सुन तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ थियो ।

सोमबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँ बढे्दै सोमबार ३ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । चाँदी यसअघि गत शुक्रबार हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । त्यसदिन सुन प्रतितोदा ३ हजार ९ सय पाँच ५ रुपैयाँमा कारोबार भएको थियो ।