नागढुंगा-मुग्लिन सडकको अनुगमनमा कुलमान, आवश्यक परे कामदार थपेर रातीको समयमा पनि काम गर्न निर्देशन

आइतबार साँझ सडक निर्माणको अनुमगन गर्न सडकमै पुगेका सहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयकोसमेत जिम्मेवारी लिएका भौतिकमन्त्री घिसिङले सबै प्रकारका विधि अपनाएर छिटो छरितो र गुणस्तरिय काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले नागढुंगा-मुग्लिन सडक स्तरोन्नतिमा आवश्यक परे कामदारको संख्या थपेर र रातीको समयमा पनि तिब्रताका साथ काम गर्न निर्देशन दिएका छन् ।

आइतबार साँझ सडक निर्माणको अनुमगन गर्न सडकमै पुगेका सहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयकोसमेत जिम्मेवारी लिएका भौतिकमन्त्री घिसिङले सबै प्रकारका विधि अपनाएर छिटो छरितो र गुणस्तरिय काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । घिसिङले सडकमा रहेका विद्युतका पोलहरु तत्काल हटाउन पनि निर्देशन दिएका छन् ।