आइतबार सुन तोलामा २२०० ले बढ्यो, भयो हालसम्मकै महङ्गो

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको मूल्यले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ हालसम्मकै महङ्गो भएको छ । आइतबार छापावाला सुन अघिल्लो दिनको तुलनामा तोलामा दुई हजार २०० रुपैयाँले बढेपछि २ महिनाअघिको रेकर्ड तोडेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यसअघि असोज ३१ गते सुनको मूल्यले २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ भने रेकर्ड मूल्यबाट घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला ३ हजार ९०५ रुपैयाँको उच्चतम रेकर्ड बनाएको चाँदी आज ८० रुपैयाँ घटेको हो । आज प्रतितोला ३ हजार ८२५ रुपैयाँ मूल्य तय भएको छ ।