एनपीएल दोस्रो सिजनमा क-कसले पाए पाए बाइक?
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा उत्कृष्ट ब्याटरका रुपमा च्याम्पियन लुम्बिनी लायन्सका रोहित पौडेल चुनिएका छन् । उनले यो सिजनमा २७६ रन बनाए ।
यस्तै, विराटनगर किंग्सका सन्दीप लामिछाने उत्कृष्ट बलर बनेका छन् । उनले प्रतियोगिताभर १७ विकेट लिएका थिए। उनको नेतृत्वमा विराटनगर किंग्स क्वालिफायर टुसम्म पुगेको थियो ।
उदयमान खेलाडीका रुपमा लुम्बिनी लायन्सकै शेर मल्ल बनेका छन् । उनले प्रतियोगितामा कुल १७ विकेट लिए । तीन विधामा उत्कृष्ट तीनै खेलाडीले बजाज बाइक पाएका छन् ।