एनपीएल दोस्रो सिजनको उत्कृष्ट खेलाडी रोहित, पाए ‘जेइको जे–५’ कार

काठमाडौं। दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल(को च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन्। लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको हो।

फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो। नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितले एनपीएल दोस्रो सिजनमा २७६ रन बनाए। यस्तै, यस सिजन उनले लिएको विकेट संख्या १० पुगेको छ। 

लिगमा उत्कृष्ट खेलाडी चुनिएसँगै उनले ‘जेइको जे–५’ एसयूभी गाडी जितेका छन्। उनी एनपीएल प्रतियोगिताको इतिहासमै सर्वाधिक रन बनाउने खेलाडीसमेत हुन्।