सरकारले गर्यो ८ सचिवको सरुवा, को कहाँ ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतलाई निर्वाचन आयोग पठाइएको छ भने राष्ट्रिय तथ्यांक कार्यालयका मधुसुदन बुर्लाकोटीलाई उद्योग सचिवको जिम्मेवारी दिइएको छ ।
काठमाडौं। सरकारले विभिन्न ८ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउतलाई निर्वाचन आयोग पठाइएको छ भने राष्ट्रिय तथ्यांक कार्यालयका मधुसुदन बुर्लाकोटीलाई उद्योग सचिवको जिम्मेवारी दिइएको छ ।
उता, आयोगमा कार्यरत महादेव पन्थलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याएर अतिरिक्त समूहमा राखिएको छ भने प्रधानमन्त्री कार्यालयका कमल पोखरेललाई राष्ट्रिय तथ्यांक कार्यालयमा पठाइएको छ ।
त्यस्तै वन ताथ वातावरण मन्त्रालयका सचव राजेन्द्र प्रसाद मिश्रलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रलायमा र कृषिका डा. गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा साटफेर गरिएको छ । त्यसैगरि खानेपानी मन्त्रालयकी प्रमिलादेवी बज्राचार्यलाई नेपाल ट्रष्टको कार्यालयमा र नेपाल ट्रष्टका रामआधार साहलाई खानेपानी मन्त्रालयमा सारिएको छ ।