काबेली हाइड्रो र निभिक्स फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने, अनुमति माग
काठमाडौं। काबेली हाइड्रोपावर र निभिक्स फर्मास्युटिकल्सले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएका छन्।
सेबोनको अनुमतिपछि काबेली हाइड्रोेले ४१ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ ल्याउनेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४१ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्नेछ।
कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ।
यस्तै, निभिक्सले १३ करोड ७५ लाख रुपैयाँबराबरको आईपीओ सार्वजनिक गर्नेछ। कम्पनीले १०० अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता साधारण सेयर बिक्री खुलाउनेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।