२२औं वर्षमा सानिमा बैंक, १३४ शाखा र १२७ एटिएमबाट वित्तीय सेवा

विज्ञापन
ncell

२ दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेकोमा बैंकले सबै पक्षलाई कृतज्ञता व्यक्त गरेको छ ।

काठमाडौं । सानिमा बैंक २१ वर्ष पुरा भएर २२औं वर्षमा प्रवेश गरेको छ । बैंकले मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको हो ।

२ दशकभन्दा बढी समयदेखि आफ्ना ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सबल अनि विश्वासिलो बैंक बन्न सकेको उपलक्ष्यमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्रा भर निरन्तर सहयोग प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरेको छ ।

बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंक २१ वर्ष पूरा गरेर २२औं वर्षमा प्रवेश भएको अवसरमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीहरुलाई संगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासका लागि सुभकामना सहित प्रोत्साहीत गरे ।

२१ बसन्त पार गर्दा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा एटिएम. संचालन गर्न सफल भएको विज्ञप्तीमा उल्लेख छ ।