स्रोत नखुलेको ५७ लाख रुपैयाँसहित नमोबुद्धका श्रेष्ठ पक्राउ

विज्ञापन
ncell

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध ९ का ३४ वर्षीय सरोज श्रेष्ठ छन् । शुरूमा प्रहरीले श्रेष्ठको साथबाट २० लाख रुपैयाँ नगद फेला पारेको थियो । पछि कोठा तलासी गर्दा स्रोत नखुलेको थप ३७ लाख ४७ हजार ३५० रुपैयाँ भेटेको हो ।

काठमाडौं । स्रोत नखुलेको ५७ लाख ४७ हजार रुपैयाँ सहित आइतबार काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँमा कोठा लिएर बस्ने काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–९ घर भएका ३४ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । उनलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले नगद सहित पक्राउ गरेको हो ।

शुरूमा प्रहरीले श्रेष्ठको साथबाट २० लाख रुपैयाँ नगद फेला पारेको थियो। त्यसपछि थप अनुसन्धानका लागि उनको कोठा तलासी गर्दा स्रोत नखुलेको थप ३७ लाख ४७ हजार ३५० रुपैयाँ प्रहरीले बरामद गरेको छ ।